News

विपिन र नम्रताको अभिनयका कारण चर्चामा आएको प्रसादको सिक्वेल बन्ने

काठमाडौं – फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । ‘प्रसाद २’ लाई निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । यस अघि ‘प्रसाद’ मा दिनेश राउतले निर्देशन गरेका थिए ।

फिल्ममा कलाकार को रहने भन्ने अझै तय नभएको जनाइएको छ । फिल्मको कथा ‘प्रसाद’ लेखक सुशील पौडेलले नै तयार पारेका छन् भने लगानी सुभाष थापाको रहेको जनाइएको छ ।

यसअघि ‘प्रसाद’ मा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ शीर्ष भूमिकामा थिए ।अब पुराना केही कलाकार दोहोरिने सम्भावना समेत रहेको बताइएको छ । यसअघि रिलिजमा आएको ‘प्रसाद’ ले अत्यन्तै चर्चा पाएको थियो । यो फिल्मलाई ‘प्रसाद’ को प्रिक्वेलका रुपमा तयार गरिने बताइएको छ ।

Related Articles

Back to top button
Close