News

युरोपेली युनियनका नेताहरुबीच कोरोना कोषमा ७ सय ५० अर्ब युरो जम्मा गर्ने सम्झौता

एजेन्सी, ६ साउन । युरोपेली युनियनका नेताहरु बीचको धेरै दिनको वार्तापछि कोरोना भाइरस रिकभरी प्याकेजलाई लिएर एक सम्झौता भएको छ ।यस अन्तर्गत २८ वटा देशको संगठनले ७ सय ५० अर्ब यूरो कोषमा जम्मा गर्ने भएका छन् । यस कोषको मदतले कोरोना भाइरसले पुगेको आर्थिक नोक्सानीबाट सामान्य अवस्थामा फर्किनको लागि अनुदान र कर्जा दिनेछ ।

यस सम्मेलनका अध्यक्ष, चार्ल्स मिशेलले भनेका छन् , ‘यो युरोपको लागि महत्वपूर्ण क्षण हो। यस वार्तालापमा कोरोना भाइरसबाट प्रभावित देशहरू र कमजोर अर्थतन्त्र भएका युरोपियन देशहरूबीचको सम्बन्ध विग्रिएको पनि देखिएको जनाइएको छ।’

समाचार एजेन्सी एएफपीले सम्झौतामा संलग्न कागजातका अनुसार यस सम्झौताको केन्द्रमा ३ सय ९० अर्ब युरो अनुदान दिने छ । जहाँ महामारीले सबैभन्दा बढी प्रभावित पारिएको छ ।

यससँगै, युरोपेली युनियनको आगामी सात बर्षको बजेटमा पनि एउटा सम्झौता भएको छ, जुन १।१ ट्रिलियन युरो हुनेछ। गत शुक्रवार शुरू भएको उक्त सम्मेलनले ९० घण्टाको कुराकानी भएको थियो ।

सन् २००० मा फ्रान्सको नाइस शहरमा भएको पाँच दिने बैठकपछि यो युरोपेली संघको इतिहासको सबैभन्दा लामो बैठक हो।

Related Articles

Back to top button
Close