News

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन, ६ साउन । विभिन्न ठाउँमा पहिरोका कारणले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आज साँझ ५ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।

सोमबार बिहानदेखि अवरुद्ध सडक आज अपरान्ह पाँच बजेदेखि सुचारु भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले अनुसार चार किलोमा खसेको पहिरो सफा गरे पछि सडक सञ्चालनमा आएको जानकारी दिए ।

पृथ्वी राजमार्गको केबुलकार, चुम्लिङटार र फिस्लिङ नजिकैको पहिरो फाल्ने काम जारी भएकोले आज साँझसम्म चितवन जिल्लाभित्र पर्ने राजमार्ग सुचारु गर्ने लक्ष्य लिएको आयोजनाका सूचना अधिकारीले खनालले बताए ।

Related Articles

Back to top button
Close