News

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ संक्रमित थपिए

काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ संक्रमित फेला परेका छन् ।काठमाडौं उपत्यकामा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या निरन्तररुपमा कम देखिदै गर्दा मंगलबार भने केही बढेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।यसैगरी स्टार अस्पताल पाटनको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या ३ सय ६२ रहेको छ ।

Related Articles

Back to top button
Close