News

कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ?

नेपाली समाजमा थुप्रै कारणहरुले डि’भोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? श्रीमतीलाई खुसी बनाउने २० सुत्रहरु अपनाउनुभयो भने तपाइको दाम्पत्य जीवन सफल हुन सक्छ ।

१) श्रीमतीको मूडको ख्याल राखेर ब्यवहार गर्ने

२) श्रीमतीका कुरा सुन्ने र सकेसम्म् उनको माग अनुसारको सपिङ गर्ने।

३) श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने।

४) कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने

५) बेला-बेला घुम्न लैजाने।

६) अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हास्ने र चुलो चौकामा साथ दिने।

७) श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।

८) आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।

९) फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने

१०) काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने ।

११) कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।

र यो पनि पढ्नुहोस् :
श्रीमती भनेकाे युवा अवस्थाका प्रियसी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् ।
१२) भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।

१३) घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने।

१४) आफू जतिसुकै बिजि भएपनी दिउँसो सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

१५) श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।

१६) पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।

१७) श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने।

१८) श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।

१९) श्रीमती उठ्ने बित्तिकै चिया बनाउने

२०) श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।

सक्नुहुनेछ ।

Related Articles

Back to top button
Close