News

प्रदेश-१ मा ६ सय ६९ को परीक्षण गर्दा १९ कोरोना संक्रमित भेटिए

विराटनगर, ६ साउन । प्रदेश १ मा मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरंग र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको वेलकामा ५ पुरुष, ३ महिला, मोरंगको धनपालमा २, रतुवामाई र कटहरीमा १–१ पुरुष, झापाको मेचीनगरमा २, दमक र गौरीगञ्जमा १–१ पुरुष, इलामको इलाम नगरपालिकामा २ पुरुष र स्थायी ठेगाना सर्लाही भएका सुनसरीका १ पुरुषमा कोरोना रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय २४ पुगेको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय १० पुगेको छ ।

प्रदेश १ मा मंगलबार ६ सय ६९ जनाको कोरोना परीक्षण गर्दा ३ महिला र १६ जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिनुभयो । उहाँले प्रदेश १ मा मंगलबार सम्म ३७ हजार ६० जनाको कोरोना परीक्षण गरिएको बताउनु भयो । उहाँले परीक्षण गरिएका मध्ये ३६ हजार २ सय ३६ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिनु भएको छ ।

संक्रमितहरुलाई प्रदेश १ का आइसोलेसन र कोभिड उपचार केन्द्रमा राखेर उपचार गराइरहेको सो मन्त्रालयले जानकारी दिएको छ । नयाँ संक्रमितहरुको उपचारको लागि अस्पतल लैजाने व्यवस्थापन मिलाउदै गरेको मन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close