News
मनसुन सुरु भएयता बाढीपहिरामा परि देशभर १ सय ३१ ले ज्यान गुमाए, ५६ घाइते (भिडियो)
काठमाडौं, ६ साउन । जेठ ३० गतेदेखि मनसुन सुरु भएयता मंगलबारसम्म बाढी पहिरोबाट १ सय ३१ जनाको ज्यान गएको छ भने ५९ जना बेपत्ता छन् ।
विपत्तिबाट हालसम्म ५६ जना घाइते भएका छन् । बाढी पहिरोबाट गत बर्षको तुलनामा यस बर्ष मानवीय क्षति बढी भएको छ ।
मंगलबार ६ गते मात्र बाढी पहिरोबाट ९ जना ज्यान गुमाए २ अझै बेपत्ता छन् भने ४ जना घाइते भए । गत २४ घण्टाको निरन्तर बर्षाका कारण बाढी र पहिरोमा परि धादिङका ३ जना, नवलपरासी पूर्वका २ जना, दार्चुलाका २ जना र काठमाडौंका २ जना गरी ९ जनाको मृत्यु भएको छ ।
साउन ५ र ६ गते देशभरका भौतिक संरचनामा पनि क्षति पुगेको छ । निरन्तर बर्षाका कारण आएको बाढी र पहिरोले देशभरका २२ वटा सडक अबरुद्ध भएका छन् ।