News

कोरोनासँग अन्तिम लडाइ लडिरहेकी आमालाई छोराले आइसीयूको झ्यालबाट हेरेर बिदाई गरेको तस्विर भाइरल

काठमाडौं। कोरोनाले संसारभरका कैयौँ आमाहरुबाट सन्तानलाई अलग बनाएको छ भने कैयौँ आमाले सन्तान गुमाएका छन् । यो ज्यानमारा भाइरसबाट मानिसहरुले बच्ने अनेकन उपाय अपनाएको भएता पनि यसले मानिसहरुलाई निकै तनाव दिएको छ ।

यसैबिच कोरोनाका कारण एक आमाबाट छोरा बिछोडिएको भावविश्ह्वल बनाउने तस्विर सामाजिक संजाल र अन्तराष्ट्रिय मिडियामा भाइरल बनिरहेको छ । घटना प्यालेस्टाइनको हो ।

प्यालेस्टाइनकी ७३ वर्षकी महिला रश्मी सुवितीको बिहीबार निधन भएको थियो । आफ्नी आमालाई हेर्नको लागि छोर जिहाद अल सुवाती अस्पतालको झ्यालमा दिनहुँ चढे पनि बिहिबार आमाको मृत्युपछि उनी भक्कानिकै घर फर्किएका छन् ।

उनी झ्यालमा चढेका बेला कसैले उनको तस्वीर लिए र सामाजिक संजालमा शेयर गरेपछि अहिले उक्त तस्विर देख्नेहरु सबै भावुक बनेका छन् । आमा अस्पतालको बेडमा रहेको अन्तिम समयसम्म ति युवकले लगातार आमालाई हेरिरहेको वेबसाइट अल नाकाले जनाएको छ ।

Related Articles

Back to top button
Close