News

माइत हिंडेकी अन्जनालाई खोलाले बगाएर मृत्यु, श्रीमान भाग्गेले बाँचे !

तेह्रथुम । तेह्रथुमको सोल्मास्थित भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ कि ३७ बर्षिय अञ्जना लिम्बुको मृत्यु छ भने छ भने उनका श्रीमान भाग्यले बचेका छन् । । सोमबार बिहान आफन्तकोमा जान भनी छथर गाउँपालिकाको सुदाप हिडेका ३ जना मध्ये दुई दम्पतीलाई एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । मृतक अञ्जनाका पति भेषराज लिम्बु भने घाईते भएका छन् ।

तेह्रथुमको लागीगुराँस नगरपालिका–९ सोल्मामा सोमबार भालुखोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृत्यु हो । उनका श्रीमान घाइते भएको प्रत्यक्षदर्शी निरबहादुर लिम्बूले जानकारी दिएका छन् । सोमबार बिहान माइतीकोमा जान भनि छथर गाउँपालिकाको सुदाप हिंडेका तीन जनामध्ये दम्पतीलाई दिउँसो १२ बजेतिर एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । खोलाले अञ्जनालाई बगाएर करिब ४ सय मिटर तल पुर्‍याएको र उनका श्रीमान भेषराज लिम्बूले एक सय मिटर तल नपुग्दै बुट्याउन समाउन पाएकाले ज्यान जोगाएका थिए । तर उनी गम्भीर घाइते भएका छन् ।

Related Articles

Back to top button
Close