News

बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक जना ४ लाख धौटीमा रिहा

विराटनगर ६ साउन । विराटनगरस्थित मदरसाका दुई जना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मोलबीलाई जिल्ला अदालत मोरङले ४ लाख धरौटिमा छोडन आदेश दिएको छ ।विराटनगर ८ अशोक चौकस्थित मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयका मोलबी ४१ वर्षीया अमिरुदिन भन्ने महमद अमिर मियाँलाई मोरङ अदालतका न्यायधीश राजकुमार कोइरालाको इजालशले मंगलबार धरौटिमा छोडन आदेश दिएका हुन् ।

प्रहरी हिरासतमा रहेका अमिरको मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो । ‘यौन दुर्व्यवहार’ मुद्दामा अदालतमा अभियोग दर्ता भएपछि मंगलबार बयान सकिएपछि सोही दिन थुनछेक बहस भएको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनु भयो ।

थुनछेक बहसमा बादी र प्रतिवादीका कानून व्यवसायीहरूले बसह सकिएपछि अदालतको आदेशले प्रतिवादीलाई २/ २ लाख धरौटिमा छोडन आदेश आएको सूचना अधिकारी पौडेलले जानकारी दिए । अदालतले तोकेको धरौटि रकम बुझाएपछि मोलबी अमिर मंगलबार नै रिहा भएका छन् ।

अमिरविरूद्ध गत माघ ७ र माघ ८ गते मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुई जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । छात्राहरूले मोलबीविरुद्ध मोरङ प्रहरीमा जाहेरी दर्ता गराएपछि उनी फरार भएका थिए । घटना भएको ६ महिनापछि यौन दुर्व्यवहार आरोप लागेको मोलवी अमिर मोरङ प्रहरीमा उपस्थित भएका थिए ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेखछ । माघ ८ गते बुधबार, यौन दुर्व्यवहार भएपछि पीडित छात्रा भोलीपल्ट मदरसा जान मानेकी थिइनन । उनकी आमाले मदरसा जानैपर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलवीले गरेको दुर्व्यवहारको बिषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

मोलवी अमिर यसअघि गत माघ ७ गते समेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक १४ बर्षीया छात्रालाई समेत यौ*न दुर्व्यवहार गरेको आरोप छ । दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

२०६४ सालदेखि सो मदर्सामा अध्यापन गराउदै आएका मोलवी अमिरले छात्राहरुलाई यसअघिपनि पटकपटक यौ’न दुर्व्यवहार गर्दै आएको स्थानीयको आरोप थियो । स्थानीय पीडितका परिवारहरुले बालयौन दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर, दोषिलाई उन्मुक्ति दिन पाइँदैन, पीडित बालिकालाई न्याय दिउँ लगायतको प्लेकाडसहित प्रर्दशन गरेका थिए ।

बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई हदैसम्मको कारावहीको माग राख्दै पीडित परिवार र आफन्तहरूले मोरङ अदालत बाहिर मंगलबार प्रर्दशन गरेका थिए ।

Related Articles

Back to top button
Close