News

आफ्नो ५ तले भब्य बंगलालाई शाहरुख खानले प्लाष्टिकले ढाके, कारण यस्तो

एजेन्सी । भारतमा कोरोना महामारीले नियन्त्रण गुमाएका बेला सेलिब्रेटीहरुले शर्तकता अपनाउँदै घर बाहिर निस्किन छाडेका छन् ।

भारतीय सुपरस्टार अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित भएर अस्पतालमा उपचार गराइरसहेका बेला अन्य सेलिब्रिटीहरुले विशेष सावधानी अपनाइरहेका बेला नायक शाहरुख खानले आफ्नो ५ तले बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेका छन् । शाहरुख मन्नतमा आफ्ना ३ सन्तान र पत्नि गौरी सहित घरबाट बाहिर नै ननिस्कि बसिरहेका छन् ।

खासमा शाहरुखले कोरोनाको डरले नभई वर्षाका कारण आफ्नो पूरा घरलाई प्लाष्टिकले ढाकेको भारतीय मिडियाले जनाएको छ । निरन्तरको वर्षाका कारण घरमा पानीले कुनै कुनै असर गर्ने भन्दै शाहरुखले वर्षातको समयमा आफ्नो घरलाई प्लाष्टिकले ढाकेको समाचारमा जनाइएको छ ।

Related Articles

Back to top button
Close