News

साउन १५ बाट होटल-रेष्टुरेन्ट खाेल्न पाइने

काठमाडाैं, ७ साउन । सरकारले साउन १५ देखि होटल तथा रेष्टुरेन्ट खोल्न दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुराँले सेवा दिन सक्ने जानकारी दिनुभयाे ।

होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न पाइने छैन । त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ ।

ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ। शैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिकस्थल, स्वीमिङ पुल, सिनेमा घरहरू सञ्चालन गर्न नपाइने भएको छ।

Related Articles

Back to top button
Close