News

मृ’तकले व्यापकरुपमा फैलाए कोरोना, १५ दिन कडा लकडाउन गर्न माग

सप्तरी। कोरोना संक्रमणका कारण मृ’त्यु भएका सप्तरीका एक वृद्धले व्यापकरुपमा कोरोना फैलाएको देखिएको छ । हालसम्म उनीसँग सम्पर्कमा आएका ९ जनामा कोरोना सं’क्रमण देखिइसकेको छ । राजविराज नगरपालिका–६ का उनी भारतमा उपचार गराई श्रीमती र छोरासहित नेपाल आएका थिए।

मुटु रो’ग, थाइरराइडलगायतका दीर्घरो’गीसमेत रहेका उनीलाई स्वास प्रश्वासमा समस्या हुनुकासाथै ज्वरो पनि आएपछि धरानको बीपी प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएका उनको उपचारकै क्रममा साउन १ गते राति अस्पतालमै मृ’त्यु भयो।

घटनाक्रम

साउन १ गते : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७३ वर्षीय कोरोना सं’क्रमितको मृ’त्यु।

साउन ४ गते : मृ’तक पुरुषको परिवारका ५ जनामा कोरोना संक्रमण रहेको पुष्टि । उनकी श्रीमती श्रीमती(६७ वर्ष), छोरा(४५), बुहारी३६), नाती(१७), नातिनी(११) मा कोरोना संक्रमण रहेको पुष्टि।

साउन ५ गते : मृ’तकको घरमा थापिएको खाद्य तथा ग्याँस पसलमा काम गर्ने ५५ वर्षीय पुरुष र मृतकका छोराका साथी ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि।

साउन ६ गते : मृतका छिमेकी ५३ वर्षीय पुरुष र उनकी ४८ वर्षीया श्रीमतीलाई कोरोना संक्रमणको पुष्टि।

आज कोरोना संक्रमणको पुष्टि भएका पुरुष र महिलाकी छोरी राजविराजमा रहेको सनराइज बैंकमा काम गर्ने कर्मचारी हुन् । उनीमार्फत बैंकमा पनि कोरोना संक्रमण फैलिएको हुनेसक्ने आशंका गरी बैंकलाई सिल गरिएको छ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा लगातार कोरोना संक्रमित देखिन थालेपछि अहिले राजविराजका स्थानीयमा त्रास छाएको छ। उनीहरुले कम्तिमा पनि १५ दिन कडा लकडाउन गर्न प्रशासनसमक्ष माग गरेका छन् । नगरपालिकाले भोलीबाट सम्पूर्ण पसल तथा व्यवसाय बन्द गर्न उर्दी जारी गरेको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने भनेको छ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मृतक र उनीपछि कोरोना संक्रमण देखिएकोको कन्ट्याक्ट ट्रेसिङका आधारमा १५० जनाभन्दा बढीको स्वाब संकलन गरिसकिएको छ । आज संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलनको तयारी भइरहेको छ।

Related Articles

Back to top button
Close