News

सुनको मुल्य आकासियो, एकै दिन १३०० बढ्दा मुख्य कति पुग्यो हेर्नुस्

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो ।

यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भएको हो ।

यो अर्को समाचार, चट्टान फो’र्दै पहिरो पन्छाउँदै
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फो’रेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला चट्टानसहितको पहिरो खसेपछि आज बिहान १० बजेबाट चट्टान फो’रेर पहिरो पन्छाउन थालिएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनीयर विजय दराईका अनुसार चट्टान फो’र्नुपर्ने भएपछि एक्साभेटरमा ब्रेकर राखेर फोर्न थालिएको छ । नारायणगढ तर्फको भागमा एक्साभेटरले बिहान १० बजेबाट ढुङ्गा फो’र्न शुरु गरेको हो । मुग्लिन तर्फबाट बिहान ९ बजेबाट लोडरले पहिरो पन्छाउन थालेको छ ।

पहिरोले सडकको झण्डै १५० मिटर भाग ढाकेको छ । दराईले भन्नुभयो “माथि २५० मिटर जतिबाट पहाडै खसेको छ ।” करिब पाँच घण्टामा पहिरो पन्छाउन सकिने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । अर्को एउटा एक्साभेटर पनि खोजी गरिएको दराईको भनाइ छ । साना ढुङ्गा, गिट्टी, बालुवा सहजै पन्छाउन सकिने भए पनि ठूला ढुङ्गालाई ब्रेकरले फो’रेर पन्छाउनुपर्ने हुन्छ ।

सो सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मङ्गलबार दिउँसो ४ः३० बजे सडक एकतर्फी खोलिएको थियो । त्यसै राति ८ः४५ बजे १६ किलोमा ठूला चट्टानसहित पहिरो खसेको हो ।

Related Articles

Back to top button
Close