News

लकडाउनमा गरिएको विबाहमा सुन्दरी बेहुलीको भन्दा बढी उनको मास्कको चर्चा

एजेन्सी । भारतको असमकी एक बेहुली अहिले चर्चामा छिन् । उनी चर्चामा आउनुको खास कारण हो उनले संसारभरी फैलिसकेको कोरोनाभाइरसको महामरीको समयमा भएको आफ्नो विबाहमा लगाएको डिजाइन युक्त मास्क हो ।

यो मास्क बनाउने डिजाइनर नन्दिनी बोराकाकटीले आफूहरुले सर्जिकल मास्क स्वास्थ्यकर्मीका लागि सर्वसाधारणले कपडाले बनेको मास्क लगाउनुपर्ने सन्देश दिनका लागी यो कलात्मक मास्क डिजाइन गरेको बताएकी छिन् ।
विबाहको अवसरमा बेहुला बेहुलीले लगाएको पोषाक, उनीहरुको विबाहको भन्दा बढी बेहुलीको मास्कको चर्चा भयो ।

बेहुलाको मास्क डिजाइनर भएपनि साधारण देखिन्छ भने बेहुलकिो मास्कमा निकै सुन्दर एम्ब्रोइडरी गरिएको थियो । डिजाइनले भरिएको उक्त आर्कषक मास्क हेर्नुहोस् तस्विरमा

Related Articles

Back to top button
Close