News

नेपालमा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या दोब्बर, एकै दिन कोरोनाका कारण थप २ ले गुमाए ज्यान

काठमाडौं । नेपालमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या दोब्बरले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज थप १ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल ५ हजार ३७० जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबिच नेपालमा कोरोना संक्रमणबाट रौतहटका ६० वर्षका एक पुरुष तथा एक चिनिया महिलाको ज्यान गएको छ ।

रौतहटका पुरुषको विपी विज्ञान तथा स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो भने चिनिया महिलाको पोखराको मणिपाल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ टिचिगं अस्पतालमा उपचारका क्रममा निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close