News

कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु भएलगत्तै ओली सरकारले फेरी गर्यो यस्तो अपिल

कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु भएलगत्तै ओली सरकारले फेरी गर्यो यस्तो अपिल
काठमाडौं । नेपालमा बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

थप २ जनाको ज्यान गएसँगै सरकारले कोरोना भाइरस संक्रमणको जोखिम नघटेको रहन अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमणको जोखिम नघटेको जानकारी दिएका हुन्।

‘म फेरि पनि भन्न चाहन्छु, कोरोनाको जोखिम घटेको छैन,’डा गौतमले भने, ‘केही नियन्त्रणमा आएको मात्र हो ।’ सावधानी नअपनाउँदा कोरोना संक्रमणको दर फेरि बढ्न सक्ने पनि डा गौतमले बताए ।

उनले भने, ‘हामीले सावधानी अपनाएनौं भने संक्रमण दर बढ्न पनि सक्छ, हामीले छिमेकी देशहरुको उदाहरणबाट पनि सिक्न सक्छौ।’ सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन आजदेखि अन्त्य गरेपनि व्यक्ति स्वयंले कोरोनाबाट बच्न सचेत हुनुपर्ने डा गौतमको भनाइ छ ।

‘सरकारले कोभिड १९ को महामारीको सन्त्राषमा रहेको जनजीवनलाई विस्तारै नवसामान्यकिरण गर्ने सन्दर्भमा सरकारले बन्दाबन्दी हटाएर विभिन्न क्रियाकलापहरुलाई विस्तारै विस्तारै संचालनमा ल्याउने निर्णय गरेको छ,’ डा गौतमले भने, ‘यसलाई हामीले कोभिड १९ को महामारी सकिएको भनेर नबुझिदिनुहुन सबैमा अनुरोध छ। जोखिम अझै धेरै नै छ । विश्वका धेरै देशहरुले हाम्रो जस्तो अवस्थामा त्रुटी गर्नाले धेरै जनधनको क्षती बेहोरेको देखेका पढेका र सुनेका छौं ।’

डा गौतमले कोरोना संक्रमणबाट बच्न लकडाउनको अवस्थामा जस्तै अत्यावश्यक काम पर्दा मात्र घरबाहिर निस्किन, घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, एकअर्कामा दूरी कायम गर्ने, समय समयमा स्यानिटाइजर प्रयोग गर्ने तथा साबुन पानीले हात हुने तथा मन्त्रालयले कोरोना सर्ने जोखिमबाट बच्ने उपायबारे बनाएका मापदण्ड पालना गर्न पनि अपिल गरेका छन् ।

नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनाको परीक्षण गर्दा एक सय जनामा कोरोना पुष्टि भएको डा गौतमले बताए । डा गौतमका अनुसार हाल देशभर ५ हजार ३ सय ७० जना संक्रिय संक्रमितहरु रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, ताप्लेजुङका ३ जना, जगेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, सर्लाहीका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनासंक्रमित भएका छन्।
यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा लमजुङका ७ जना,स्याङ्जाका ३ जना र बाग्लुङका ३ जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ३ जना, बर्दियाका २ जना र सल्यानका २ जना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ६ जना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १६ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका एकजना र डोटीका ७ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मृतकको संख्या ४० पुग्यो

नेपालमा बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो । धनुषाका ६० वर्षीय पुरुषको आज कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी ५९ वर्षीय चिनयाँ महिलाको साउन २ गते काठमाडौं ग्रयान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिनमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी, गोरखा पालुङटार नगरपालिका- ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुष, क्वारेन्टाइनमा ज्यान गुमाएका बागलुङको निसीखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यसैगरी काठमाडौं महानगरपालिका १० शंखमूलका ६० वर्षका पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरी-६ का ४५ वर्षीय पुरुष र रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूष र सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

आज थप २ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या ४२ पुगेको मन्त्रालयले जानकारी दिएको

Related Articles

Back to top button
Close