News

विष्फोटमा परेर ज्यान गुमाएका इन्सपेक्टर दाहालको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं-महेन्द्रनगरमा ०७६ मंसिर २८ मा भएको विष्फोटमा परेर ज्यान गुमाएका इन्सपेक्टर अमिर दाहालको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने भएको छ ।साउनमा ५ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै दाहालसँगै ज्यान गुमाएका स्थानीय राजेश शाह र उनका छोरा आनन्दको परिवारलाई जनही १० लाख दिने निर्णय गरेको हो ।इन्सपेक्टर दाहाल लामो समय पूर्वप्रधानमन्त्री झलनाथ खनालको पर्सनल सेक्यूरिटी अफिसर (पिएसओ)मा कार्यरत थिए । ०७६ मंसिर २८ मा भएको विष्फोटमा परेर उनीहरुको निधन भएको थियो ।

Related Articles

Back to top button
Close