News

बाहुबलीका प्रभाषसँग नयाँ फिल्मका लागि दीपिकाले मागीन् २० करोड, प्रभाषको पारिश्रमिक कति ?

एजेन्सी । बाहुबलीबाट स्टार बनेका साउथ फिल्मका चर्चित अभिनेता प्रभाषको चर्चा बलीउडमा बढ्दो छ । उनले पहिलो पटक बलिउडकी सुन्दरी नायिका दीपिका पादुकोण स्क्रिन सेयर गर्दैछन् ।

नाग अश्विनले निर्देशन गर्ने फिल्ममा प्रभाष र दीपिकाले एकसाथ अभिनय गर्ने फिल्ममा २० करोड पारिश्रमिक दिन निर्माण यूनिट तयार भएको छ । यद्यपी प्रभाषको पारिश्रमिकबारे निर्माण यूनिट अहिलेसम्म मौन छ । प्रभास र दीपिकालाई एकसाथ पर्दामा देख्न पाउने भएपछि फ्यानहरु निकै उत्साहित भएका छन् ।

यस फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुने भन्दै भारतीय मिडियाहरुले जनाएका छन् । फिल्मको छायांकनअर्को बर्षको अप्रिलदेखि गरिने समाचारमा उल्लेख छ ।

Related Articles

Back to top button
Close