News

धनी बन्दै नेपाली सेना, एउटै भवनबाट वार्षिक ४९ करोड भाडा

काठमौं–९० वर्ष पुरानो त्रि-चन्द्र मिलिटरी हस्पिटल भत्काएर बनाइएको भवन अब औपचारिक रुपमै ‘सपिङ मल’ बनेको छ।

काठमाडौंको ‘प्राइम लोकेसन’ महांकालस्थानमा रहेको ऐतिहासिक र पुरातात्विक महत्वको पुरानो भवन भत्काएपछि जंगी अड्डाले सैनिक कल्याणकारी कोषको रकम लगानी गरेर आधुनिक भवन बनाएको थियो।

बहालवाला तथा भूतपूर्व सैनिक, तिनका परिवार र सर्वसाधारणका लागि समेत अस्पताल सञ्चालन गर्ने भन्दै त्यो ठाउँमा सेनाले आधुनिक भवन बनाएको हो।

त्यही भवन सेनाले भाडामा दिएपछि सपिङ मलका रुपमा सञ्चालनमा आएको हो।

जंगी अड्डाले ‘श्रीजयन्ती निर्माण सेवा’नामको कम्पनीलाई यो भवन भाडामा दिएको छ।

‘श्रीजयन्ती निर्माण सेवा’ सडक, पुल र जलविद्युत आयोजना निर्माणमा संलग्न रहँदै आएको ‘क’ श्रेणीको निर्माण कम्पनी हो। रोल्पाका निर्माण व्यवसायी खगेन्द्र बुढामगर यसका सञ्चालक हुन्।

काठमाडौंको न्यूरोड गेटसँगै रहेको यो भवन भाडामा लिएपछि ‘श्रीजयन्ती निर्माण सेवा’ले यसलाई ‘श्रीजयन्ती ट्रेड सेन्टर’ नाम दिएर बुकिङ खुला गरेको छ।

Related Articles

Back to top button
Close