News

वर्त बस्दा हुन्छ यस्ता फाइदाहरु

काठमाडौं साउन ७ । व्रत वस्नु भनेको हामी हिन्दुहरुको भगवानप्रतिको आस्था र विश्वास हो । हरेक चाडपर्वमा जस्तो तिज ,एकादशी औंशी अन्य राम्रा तिथिमितिमा व्रत बस्ने गछौं । घरपरिवामा सुख शान्ति ,आफ्नो मनोकामना पुरा गर्न, स्वास्थ्य राम्रो होस् जस्ता कामना गरी व्रर्त बस्छौं । व्रर्त बस्दा कोहीले पानी पनि खादैंनन् भने कोहीले फलफुल खाएर व्रर्त बस्ने गर्छन् । हरेक मानिसको आ -आप्mनो सोच हुन्छ , कोही व्रत बसेर राम्रो हुन्छ भन्छन् भने कोही एकाइसौं शताब्दीमा पनि व्रत बस्छन् भन्छन् । व्रत बस्नु अन्धविश्वास रहेको बताउँछन् । तर व्रत बस्नु स्वस्थ्य हुनु पनि हो भने विभिन्न तिथिमितिमा व्रत बस्नु धार्मिक विश्वास रहेको छ ।

व्रत बस्दा जस्तो एकादशी तिथि राम्रो तिथी हो । यो दिन व्रत बस्दा सुर्य चन्द्रमा तथा पुथ्वीले सकारात्मक ऊर्जा दिइरहेको हुन्छ भने यस्तो बेलामा व्रत बस्दा त्यो सकारात्मक ऊर्जा शरीरले लिन्छ र सोचेको कुरा हुने शरीर स्वस्थ रहने ज्योतिषहरु बताउँछन् । यदि यस्तो राम्रो तिथिमा हामीले दाल , भात तरकारी, माछा मासु खार्यौ भने सबै सकारात्मक ऊर्जा खानेकुराले पचाउँछ र शरीर बाहिर निस्कन्छ । तर राम्रो तिथिमिति भयो भन्दैमा यस्ता व्यक्तीहरुले भने व्रत बस्नु हुँदैन ।

स -साना बालबालिकाले व्रत बस्नु हुदैंन ,किनकी साना बच्चाहरुको शरीर वृद्धि हुने बेलामा खाने कुरा खाएन भने बच्चाको स्वास्थ्यमा असर पर्न जानछ ।
गर्भवती महिला तथा महिनावारी भएको बेला व्रत बस्नु हुँदैंन । किनभने यस्तो बेलामा शरीर कमजोर र महिनावारी भएको बेलामा त शरीरबाट रगत गएर शरीर कमजोर भएको ह्ुन्छ । यस्तो बेलामा पोसिलो खानेकुरा खानुपर्छ । अझ हाम्रो हिन्दु परम्परा अनुसार यस्तो बेलामा मन्दिर दर्शन गर्न हुँदैन भन्ने विश्वास रहेको छ ।

वृद्ध व्यक्ती जो ६० वर्ष पुगेका छन् । तिनीहरुले वर्त नबस्दा राम्रो हुन्छ । मानिसमा धेरै किसिमको नराम्रा सोच आउने गर्दछ । जसले परिवार, समाजलाई नराम्रो असर पार्न सक्छ । यस्ता व्यक्ती जसले धेरै तनाव खेप्नु पर्छ ,त्यस्ता व्यक्तीले राम्रो तिथिमा व्रत बस्दा पृथ्वीमा आउने सकारात्मक ऊर्जा शरीरमा प्रवेश गर्छ र हामीलाई सकरात्मक ऊर्जा प्राप्त हुन्छ ।

तर ,व्रत बस्नु भनेको आफ्नो इच्छा हो त्यसैले आफ्नो शरीर ,उमेरलाई ध्यानमा राखेर व्रत बस्नु राम्रो हुन्छ ।

Related Articles

Back to top button
Close