News

पर्सामा पुन: १७ जनामा कोरोना पुष्टि, परीक्षण दायरा घटाइदा संख्या कम देखियाे : सहायक प्रजिअ

बीरगञ्ज, ८ साउन । पर्सामा पुन: १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । चिकित्सक अस्पतालमा उपचाररत बिरामी लगायत पर्सा जिल्लामा गएराति मात्र १७ जनामा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले फेसबुक पेज मार्फत जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कतिपय संक्रमित लक्षणसहित देखिएकोले निकै गम्भिर अवस्था सृजना भएको बताउनुभएको छ । फेसबुक पेजमा लेख्दै सहायक प्रमुख बस्नेतले वास्तवमा देशभरी कोरोना संक्रमण घटेको होइन, परीक्षणको दायरा घटेकोले संक्रमितको संख्या घटेको जस्तो देखिएको उहाँको बुझाइ रहेको छ।

बस्नेतले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्,- ‘पेड टेस्ट शुरू नगरूञ्जेल पर्सामापनि संक्रमित सबै निको हुँदै २ जना मात्र बाँकी रहेको अवस्था थियो । तर पर्सामा पेड टेस्टसँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि र्‍यान्डम टेस्ट जस्तै हुन थालेकोले कोरोना संक्रमित ठूलो संख्यामा देखापर्दै जानुले यसको पुष्टि गरीरहेको छ ।’

बस्नेतले यस्तो अवस्थामा लकडाउन अन्त्य हुँदा सबैतिर बढेको भिडभाडले ठूलो खतरा निम्त्याइरहेको भन्दै चाँसो व्यक्त गरेका छन् । ‘हामिहरू अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममै छौं । तसर्थ भिडभाडमा नजाऔं, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूको अनिवार्य रूपमा पालना गरौं ।’ – बस्नेतले लेख्नुभएकाे छ ।

Related Articles

Back to top button
Close