News

दुखद खबर, नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु, कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुग्यो

वीरगञ्ज । पर्सामा फेरी एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार निधन भएको गण्डक अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार उनको मंगलबार साँझ मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । यसअघि बुधबार रौतहटका एक पुरुष तथा एक चिनिया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको पुष्टी भएको थियो ।

Related Articles

Back to top button
Close