News

फेरी कोरोनावाट एक जनाको निधन, लक्षण सहितका संक्रमितको संख्या ह्वात्तै बढेपछि सरोकारवाला चिन्तित

वीरगञ्ज । पैसा तिरेर ब्यक्तिगत रुपमा पिसिआर परिक्षण गराउने बढ्दै जाँदा संक्रमित हुनेको संख्या पनि बढ्दै जान थालेको छ । यस्तो अवस्थाले स्वास्थ्यकर्मी र सरोकारवालालाई चिन्ता थपेको छ । ब्यक्तिगत रुपमा पिसिआर परिक्षण गराउने आउनेहरुमा धमाधम संक्रमित भएको रिपोर्ट आउन थालेपछि समुदायमै कोरोना रहेको पुष्टि भएको छ । लकडाउन खुकुलो भएसंगै काठमाडौं फर्कन र अन्यत्र काममा जान ब्यक्तिगत रुपमा पिसिआर परिक्षण गराइन लागेको हो ।

पर्सामा बुधबार राति मात्रै एक निधन भइसकेका बृद्धमा कारोना पुष्टि भएको छ । उनी वाहेक थप १६ जनामा पनि कोरोना पुष्टि भएपछि चिकित्सक र सरोकारवालालाई चिन्तित बनाएको छ । कोरोना पुष्टि हुनेमा स्वास्थ्यकर्मी, अस्पतालमा उपचाररत बिरामी, सवारी चालक, भन्सारका कर्मचारीसहित १७ जनामा छन् ।

साउन पहिलो साता यता कोरोना पुष्टि भएकामध्ये अधिकांश यात्रा इतिहास ट्राभल (हिस्ट्रि) नभएका र कतिपय लक्षणसहितका संक्रमितसमेत देखिएकोले निकै ग म्भीर बन्नुपर्ने अवस्था सृजना भएको चिकित्सकले बताएका छन् । यस्तो विषम परिस्थितिमा विद्यमान रहेकै अवस्थामा लकडाउनको अन्त्यसँगै सबैतिर भीडभाड हुनुले ठूलो खतरा निम्त्याइरहेको चिकित्सकको भनाई छ । अहिले लक्षणसहितको कोरोना देखा परिरहेकोले निकै चिन्ताको विषय रहेको भन्दै त्यसको लागि बैठक बस्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको निधन भएको छ। मंगलबार अपरान्ह वीरगञ्ज महानगरपालिका(६ माईस्थानका करिब ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको हो। उनको बुधबार पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो।

उनलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। तर कोरोनाको शंकापछि मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएपछि अपरान्ह उनको निधन भएको गण्डक अस्थायी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उनको निधनसंगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

Related Articles

Back to top button
Close