News

बलिउड सुपरस्टार अमिताभ र अभिषेकले जिते कोरोनालाई, डिस्चार्ज हुँदै

काठमाडौं – बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनले कोरोनालाई जितेसँगै उनीहरु घर फर्किने तयारीमा रहेका छन् ।

विगत २ हप्तादेखि मुम्बाईको नानावटी अस्पतालमा उपचार गराइरहेका अमिताभ र अभिषेक कोरोना मुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको जनाइएको छ ।

भारतीय मिडियाका अनुसार पछिल्लो पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
सोही अस्पतालमा उपचाररत नायिका ऐश्वर्या र छोरी आराध्याको कोरोना रिपोर्ट भने आउन बाकीँ रहेको जनाइएको छ । उनीहरु केही दिन होम क्वारेन्टाइनमा बसेपछि सोही अस्पतालमा भर्ना भएर उपचाररत छन् ।

Related Articles

Back to top button
Close