News

अस्पतालले नै लुकायो कोरोना संक्रमित, प्रहरी खोजेको खोज्यै

विराटनगर । विराटनगरमा एक जना कोरोना संक्रमित सम्पर्क विहिन भएको भन्दै प्रहरी खोजिमा लाग्यो । संक्रमितको पुरा ठेगाना थाहा नभएका कारण प्रहरीलाई उनको पहिचान गर्न निकै समस्या भयो । विराट नर्सिङ होममामा स्वाव परिक्षण गरिएका ५० वर्षका पुरुषमा कोरोना पुष्टि भएको थियो । तर प्रहरी भने ति ब्यक्ति को हुन् भन्दै खोज्न थाल्यो ।

तर अनुसन्धान गर्दै जाँदा ति संक्रमितलाई अस्पतालले नै लुकाएको खुलेको छ । कोरोना पुष्टि भएको ब्यक्ति अस्पतालकै अधिकारी भएको कारण उनको परिचय लुकाएर गलत पहिचान पठाइएको प्रहरीले पत्ता लगाएको छ । कोरोना परिक्षणका क्रममा स्वाव पठाउँदा प्रयोगशालामा टिपाइएका नाम, ठेगाना र टेलिफोन नम्बर गतल पठाइएको थियो । त्यसैका आधारमा संक्रमितको खोजि गर्दा उनी फेला परेका थिएनन् ।

संक्रमित अस्पतालकै अधिकारी भएका कारण त्यसवारे सूचना लुकाउन गलत पहिचान पठाइएको थियो । नाम, ठेगाना र फोन नम्बर समेत गलत पठाएका कारण प्रहरीलाई खोज्न निकै समस्या भएको हो ।

बिहीबार प्रहरीले अस्पतालका कर्मचारीलाई केरकार गर्दा अस्पतालले झुटो विवरण पठाएको खुलेको हो । अहिले भने प्रहरीले कोरोना पुष्टि भएका ब्यक्तिका बारेमा पत्ता लगाएको छ । संक्रमितलाई अस्पताल भर्ना गर्ने तयारी भइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

सुरक्षाकर्मीमा कोरोना
यो अर्को समाचार, प्रदेश नं। १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरस पाइएको छ । बिहीबार थप चार जनामा कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले बताए ।

बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना पुष्टि भएको हो ।

पोखरेलले भने, ‘हामीसँगै क्वारेन्टिनमा छौं, बिहीबार १५० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदैछौं ।’ कार्यालयको नियमित काम भने नरोकिएको उनले बताए । सीमित जनशक्ति राखेर अनलाइनबाट पनि सेवा दिइरहेको

Related Articles

Back to top button
Close