News

पोखरीमा जमेको पानीमा डुबेर एकै घरका दुई बालकसहित तीनको मृत्यु

झापा, ८ साउन । झापामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ । भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर उनीहरुको ज्यान गएको हो ।पोखरीमा जमेको पानीमा भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन थामी र भद्रपुर–२ डिगाउँका १० वर्षका अंकुश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार बुधबार साँझको समयमा तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो, भने बिहीबार बिहान थामी दाजुभाइको शव पनि त्यही पोखरीमा भेटिएको छ ।

Related Articles

Back to top button
Close