News
१६ लाख बढी घुससहित भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको फन्दामा
नेपालगञ्ज , ८ साउन । भेरी अस्पताल नेपालगञ्जका एक जना कर्मचारी घुस लिंदा लिंदै रंगेहात पक्राउ परेका छन् ।भेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुणकुमार खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैया नगद सहित पक्राउ परेका हुन् ।
सामान किनेको कमिसन लिने क्रममा खनाललाई अख्तियार अनुसन्धान आयोग नेपालगञ्जले पक्राउ गरेको अख्तियार अनुसन्धान आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी गराउनुभयो ।