News

BREAKING:>> यो वर्षको कक्षा १२ को प्रमाणपत्रमा एस्तो परिवर्तन गरिने राष्ट्रिय परीक्षा बोर्डको घोषणा !!

यो वर्षदेखि कक्षा १२ उत्तीर्ण भएको प्रमाणपत्रमा कक्षा ११ का विषय र उत्तीर्णाङक उल्लेख नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको हो । यसपटकदेखि कक्षा ११ को परीक्षा तथा नतिजा सम्बन्धित विद्यालयले नै सार्वजनिक गर्ने व्यवस्था भएपछि बोर्डले प्रमाणपत्र मा पनि नयाँ नियम लागू गर्न लागेको हो ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा १२ को प्रमाणपत्रमा सम्बन्धित विद्यार्थीले कक्षा ११ मा कुन कुन विषय अध्ययन गरेका थिए भन्ने जानकारी लिनका लागि छुट्टै लिंकको व्यवस्था भने गरिने बताए । उनले भने, ‘कक्षा ११ मा कुन कुन विषयम कति प्राप्तांक ल्याए भन्ने जानकारी १२ को प्रमाणपत्रमा हुँदैन । तर ११ मा कुन कुन विषय पढेका रहेछन् भन्ने जानकारी भने लिन सकिन्छ ।

Related Articles

Back to top button
Close