News

अमिताभले भने – ‘ कोरोना रिपोर्ट नेगेटिभ आएको खबर गलत हो’

काठमाडौं – बलिउड महानायक अमिताभ बच्चनले आफु कोरोनामुक्त भएको खबर झुठो भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको भन्ने खबर गलत भएको बताएका हुन् ।

बिहिबार भारतका मिडिया र सामाजिक सञ्जालमा अमिताभको कोरोना रिपोर्ट नेगेटिभ आएको खबरहरु आएका थिए । उक्त खबर गलत भएको बताउदै अमिताभले भने का छन् यो समाचार असत्य, गैरजिम्मेवार, गलत र सच्याउनै नसकिने झुट हो’,

अमिताभसहित परिवारका ४ जनालाई १२ दिनदेखि मुम्बईको नानावती अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन् ।

Related Articles

Back to top button
Close