News

दैलेखको ठाटिकाँध गाँउपालिकामा निषेधाज्ञा, समुदाय स्तरमा देखियो कोरोना

दैलेख, ८ साउन । सरकारले लकडाउन खुकुलो बनाए लगत्तै दैलेखको समुदाय स्तरमा ठाँटिकाँध गाँउपालिकामा १६ जना कोरना संक्रमित भेटिए पछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । गाँउपालिकामा समुदाय स्तरमा परीक्षण शुरु गरे पछि समुदायका १६ जनामा संक्रमण देखिएको हो ।दैलेखका पालिकाहरुमा समुदाय स्तरमा परीक्षण शुरु गरिएको छ । ठाटिकाँध गाँउपालिकामा पहिलो चरणमा परीक्षण गरिएका ७३ जना मध्य १६ जनामा संक्रमण पुष्टि भएको हो । गाँउपालिकामा संक्रमण फैलिन नदिनका लागि बिहीबार अर्को सूचना जारि नभए सम्मका लागि स्थानिय प्रशासनद्धारा निषेधाज्ञा जारी गरिएको छ ।

ठाटिकाँँध गाँउपालिकामा प्रबेश गर्ने सबै नाकाहरु बन्द गरिएको छ भने पूर्वमा रामघाट खोला, पश्चिममा स्यालेकाँध, उत्तरमा भर्तालेख र दक्षिणमा खामपाटे मटेला भित्र कुनैपनि भेटघाट, जमघट, भीडभाड र आवतजावत नगर्न स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो पटक जिल्ला स्वास्थ्य कार्यालयले ट्राभल हिस्ट्री नभएका समुदायमा स्थानीयको स्वाब संकलन गरी परीक्षण थालेको छ भने प्रत्येक पालिकाहरुमा ७०र८० जनाको परीक्षण गर्न लागिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका फोकल पर्सन थिरप्रसाद रेग्मीले बताउनु भयो ।

यस अघि दैलेखमा टाभल हिस्ट्री नभएका तर क्वारेन्टाइन ब्यबस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएको थियो । दैलेखमा हालसम्म ८ सय ८ जना कोरोनाबाट संक्रमित भएकोमा ७ सय ८५ जना निको भएर घर फर्किएका छन ।

Related Articles

Back to top button
Close