News

वरिष्ठ चिकित्सकमा कोरोना देखिएपछि विराटनगर अस्पताल सिल, उपचाररत विरामी समस्यामा

विराटनगर, ८ साउन । विराटनगर अस्पतालका वरिष्ठ चिकित्सकको पीसीआर रिपोर्ट पोजिटिभ आए पछि अस्पताल सिल गरिएको छ ।अस्पतालका सञ्चालक समेत रहेका वरिष्ठ चिकित्सकलाई कोरोना पोजेटिभ पाइएपछि विराटनगर महानगरपालिकाको सिफारिसमा महानगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले अस्पताल सिल गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।विराटनगर महानगरपालिकाका स्वास्थ्य प्रमुख रमेश कार्कीको नेतृत्वको टोलीले सो अस्पताल सिल गरेको हो । अस्पताल सिल भएपछि विराटनगर अस्पतालमा उपचाररत करिब १ सय ५० जना विरामीहरुको उपचारमा समस्या पर्ने र त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बारे समस्या आउने नेपाल चिकित्सक संघका कोशी अञ्चल अध्यक्ष डा। फरवार्ड सिलवालले बताउनु भयो ।अस्पतालमा नयाँ विरामी भर्ना नलिएको र पुराना विरामीको उपचार भैरहेको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएका विरामीका आप्mन्त, स्वास्थ्यकर्मी साथै अस्पतालमा कार्यरत कर्मचारी र चिकित्सकहरुको पीसीआर टेष्ट गर्नुपर्ने डाक्टरहरुले माग गरेका छन् ।

विराटनगर महानगरपालिकाले अस्पताल सिल गरेको सूचना टाँस गरेको भएपनि अस्पताल भित्रबाट विरामीका आफन्तहरु आउने र बाहिरबाट कर्मचारीहरु पस्ने क्रम भने रोकिएको छैन् । अस्पतालको सुरक्षाको लागि भने महानगरपालिकाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटाएको छैन ।

Related Articles

Back to top button
Close