News

युरोप र अमेरिकापछि भारतमा आयो यो खतरनाक रोग : बालबालिका समस्यामा

एजेन्सी । संसारभर अहिले कोरोना भाइरसको महामारी छ । अब छिमेकी देश भारतमा अर्को एक खतरनाक रोग आइपुगेको छ । युरोप र अमेरिकामा फैलिएको खतरनाक रोग भारतको गुजरातमा पहिलो पटक देखिएको छ ।यो रोगको नाम मल्टी सिस्टम इम्फलामेटरी सिन्ड्रोम हो । यसलाई छोटकरीमा एमआइएससी भनिन्छ । भारतमा यो रोग आइपुगेपछि धेरै अभिभावकले चिन्ता व्यक्त गरेका छन् ।गुजरातको सुरतमा एक १० वर्षीय बालकमा यो रोग देखिएको छ । यो रोग अहिलेसम्म युरोप र अमेरिकामा मात्र देखिएको थियो ।बालबालिकामा भोमिट हुने, खोकी लाग्ने र शरीर दुख्ने लगायतका समस्या देखिएको छ ।

बालबालिकाको आँखा र ओठ पनि रातो हुन्छ ।भारतीय चिकित्सकले यो रोग भारतका विभिन्न ठाउँमा फैलिन सक्ने आशंका व्यक्त गरेका छन् । यो रोगको संक्रमण ३ वर्षदेखि २० वर्षसम्मका व्यक्तिलाई हुन्छ । यो रोग पनि कोरोना जस्तै जानकारी पाउन समस्या हुन्छ ।लक्षण देखिँदा बित्तिकै उपचार गरेमा यो रोगबाट बालबालिकालाई बचाउन सकिने चिकित्सकहरु बताएका छन् । तर, समयमा उपचार नभएमा भने यो रोग कोरोना भन्दा पनि खतरनाक भएको चिकित्सकले चेतावनी जारी गरेका छन् ।

Related Articles

Back to top button
Close