News

अमिताभले भने – ‘म कोरोना मुक्त्त नहुँदै भारतीय मिडियाले झुठा खबर भाइरल बनाए, म घोर भत्सता गर्दछु ‘

एजेन्सी । भारतीय सुपरस्टार अभिनेता अमिताभ बच्चनको कोरोनाको रिर्पोट नेगेटिभ आएको भन्ने समाचारको अमिताभ स्वयमले खण्डन गरेका छन् । अमिताभले बिहीबार साँझ ट्वीट गर्दै भारतीय मिडिया झुठा भएको भन्दै आक्रोश पोखेका छन् ।

भारतीय मिडियाले अमिताभ बच्चनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको र डिस्चार्जको तयारीमा रहेको भन्दै समाचार आएकोमा अमिताभले आपत्ति वजाउँदै ती समाचारहरु सत्य नभएको भन्दै खण्डन गरेका छन् ।

अमिताभका साथै अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन तथा अभिषेक र ऐश्वर्याकी छोरी आराध्या १२ दिनदेखि कोरोना संक्रमणको शिकार बनेर मुम्बईको नानावती अस्पतालमा उपचाररत छन्। अमिताभका छोरा अभिषेकको भने कोरोना रिर्पोट नेगेटिभ आएको समाचारमा जनाइएको छ ।

प्रायजसो सामाजिक संजालमा औधी सक्रिय हुने अमिताभ बिरामी भएको समयमा पनि अस्पतालमा नै आराम गरेर सामाजिक संजालमा भने निरन्तर अपडेट भइ नै रहेका छन् ।

भारतीय मिडिया विश्वमा नै सर्वाधिक झुठा भन्ने प्रमाणहरु बेला बेलामा आइ नै रहेका छन् । भारतीय मिडियाले चीन, नेपाल, पाकिस्तान, लगायतका आफ्ना छिमेकी राष्ट्रहरु विरुद्ध अफवाह फैलाउने बाहेक अन्य काम नै गरेको छैन ।

Related Articles

Back to top button
Close