News

राम जन्मभूमि नेपाली अयोध्याबारे अनुसन्धान सुरु, के साँच्चिकै राम नेपालमा नै जन्मेका हुन् त ?

काठमाडौँ,साउन ९ । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर संसदीय समितिमा प्रश्न उठेको छ । त्यसको आधार के हो भन्नेबारे सांसदहरूले प्रश्न उठाएका हुन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा सांसदहरूले अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति के को आधारमा आएको हो भनेर प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा राम नेपाली भएको र उनको जन्मभूमि भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने सांसदहरूले बताएका हुन् ।कान्तिपुर दैनिकमा खबर छ ।

कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रूपमा लिन नहुने बताए । उनले ठोरीको अनुसन्धान लागि के व्यवस्था भएको छ भनेर प्रश्न गरेका थिए । ठोरीमा राम जन्मभूमि हो भन्ने यकिन गर्नका लागि कति अनुसन्धान भइरहेको छ? भन्ने उनको प्रश्न थियो । प्रधानमन्त्री ओलीले के आधारमा भन्नुभएको हो र अहिले अनुसन्धान कुन चरणमा पुगेको छ रु त्यसको विषयमा जानकारी हुनुपर्छ,

Related Articles

Back to top button
Close