News
कुकुरले सुँघेरै कोरोनाभाइरस पत्ता लगाउन सक्ने बैज्ञानिकले खोले रहस्य
काठमाडौं । कोरोना भाइसरको त्रास दिनानुदिन बढीरहेका बेला जर्मनीमा भने कुकुरले सुँघेर कोरोनाभाइरस पत्ता लगाउन सक्ने रहस्य बाहिर आएको छ ।
अनुसन्धानकर्ताले सुँघ्न सक्ने कुकुर अर्थात ‘स्नाइफर डग्स’ ले कोरोना भाइरस संक्रमण भएका र नभएका स्याम्पललाई सुँघेर पत्ता लगाउन सक्ने दाबी गरेका छन् ।
जर्मनीको हेनोवर शहरस्थित युनिभर्सिटी अफ भेटरिनरी मेडिसिनले गरेको यो अनुसन्धानले एयरपोर्ट र खेल मैदानजस्तो सार्वजनिक स्थानमा कोरोनाभाइरसको संक्रमणको पहिचान गर्न सक्ने र यसले भिडभाड हुने स्थानमा कोरोनाका बिरामीको पहिान गर्न सहज हुने दाबी गरेको छ ।
उक्त अनुसन्धानमा जर्मनीको हेनोवर शहरस्थित युनिभर्सिटी अफ भेटरिनरी मेडिसिनलाई त्यहाँको सेनाले पनि साथ दिएको समाचारमा जनाइएको छ ।