News

कोरोना कहरका कारण ट्रम्पले रद्द गरे रिपब्लिकन पार्टीको अगस्टमा हुने सम्मेलन

कोरोना कहरका कारण ट्रम्पले रद्द गरे रिपब्लिकन पार्टीको अगस्टमा हुने सम्मेलन
एजेन्सी, ०९ साउन । कोरोना भाइरसको महामाीका कारण अमेरिकाको फ्लोरिडामा हुने रिपब्लिकन पार्टीको सम्मेलन रद्द हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उच्च जोखिम भएकाले सम्मेलन रद्द गर्नु परेको बताएका छन् ।

उनले अहिलेको समय पार्टी सम्मेलन गर्न उपयुक्त नभएको भन्दै रद्द गर्ने निर्णयमा पुगेको बताए । तर उनले केही फरक स्वरुपमा सम्बोधन गर्ने आश्वसन भने दिएका छन् । उनले भने -‘यो उपयुक्त समय होइन पार्टी सम्मेलनका लागि । तर हामी केही फरक स्वरुपले सम्बोधनभने गर्ने छौँ ।’

यसका लागि रिपब्लिकन डेलिगेट्स भने पुरानो सम्मेलन स्थल नर्थ क्यारोलाइनाको चार्लोटमा पुगेर भेला हुने बताइएको छ । कोरोना भाइरसबाट जोगिन बिशेष सुरक्षा अपनाएर ट्रम्पले सम्मेलनका केही भाग फ्लोरिडामा गर्ने घोषणा पूर्वनिर्धारित योजना थियो । तर कोरोना भाइरसको कारण नै चार रातको कार्यक्रम रद्द गर्नुपरेको राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ ।

रिपब्लिकन पार्टीले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि आगामी अगस्ट २४ मा हुने आधा दिनको कार्यक्रमले ट्रम्पलाई उम्मेदवारको औपचारिक घोषणा गर्दै छ ।

Related Articles

Back to top button
Close