अब काठमाडौँमा अनुमति नलिई कुकुर पाल्न नपाइने
काठमाडौं,असार ८-राजधानी काठमाडौँ बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ ?कुकुरलाई हातमा डोहो¥याउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ?
यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नु पर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् ।घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने प्रवृत्ति बढेको छ । त्यसबाट सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने प्रवृत्तिबाट दिक्क भएपछि काठमाडौँ महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन नयाँ आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।
महानगरपालिकाका अनुसार स्थानीय तहमा दर्ता नगरी कुुकुुर पाल्न पाइने छैन । महानगरपालिकामा कुकुर पाल्ने सोख भएका मानिसले पहिला आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ । कुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नु पर्नेछ ।