News

यि हुन् पवित्रा माथि एसिड हान्ने, एसिड प्रहार भएको केही घण्टामा नै प्रहरीले समात्यो, हेर्नुहोस् तस्विर

काठमाडौं । बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गरेको आरोपमा काठमाडौँबाट प्रहरीले २ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । ओखलढुंगा घर भई काठमाडौं बस्ने २२ वर्षीय युवती पवित्रा कार्कीलाई हिजो राति पौने ८ बजे सीतापाइलामा एसिड प्रहार भएको थियो । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर स्थायी ठेगाना हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मदलाई प्रहरीले पक्राउ गरेर बयान लिइसकेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । पक्राउ परेका युवकले बयानमा भनेका छन् पवित्रा असाध्यै मन पर्थिन् त्यसैले प्रेम प्रस्ताव राखियो ।
तर उनले अस्विकार गर्दै आफ्नो प्रेमी भएको र आँफुले प्रस्ताव स्विकार्न नसक्ने बताएपछि उनी दही किन्न निस्किएको मौका छोपेर एसिड प्रहार गरेको उनीहरुले स्विकारेका छन् ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले मोहम्मद र मुन्नालाई गएराती पक्राउ गर्न सफल भएको हो । पवित्राले मोहम्मद र मुन्नालाई आँफुले नचिनेको बयान दिएकी थिइन् । तर प्रहरीले सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा बनाएको स्केचको प्रयोग गरेर एसिड हान्ने ब्यक्तिलाई समात्न सफल भएको जनाएको छ । तस्विर : मुकुन्द कालिकोटे

Related Articles

Back to top button
Close