News

भुवन केसी र साम्राज्ञी विवादः केसीले हाले जिल्ला अदालतमा मुद्दा

०९ साउन, काठमाडौंः पछिल्ला समय नेपाली चलचित्र क्षेत्रमा विवाद निकै बढेको छ । यसै बिच चर्चित अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा हालेका छन् ।

अभिनेता केसीले काठमाडौं जिल्ला अदालतमा अभिनेत्री शाह विरुद्ध मुद्दा दायर गरेका हुन् । केहीले अभिनेत्री शाले आफूलाई पछिल्लो समय गरेको टिप्पणीलाई लिएर गाली बेइज्जती मुद्दा दायर गरेका हुन् । जिल्ला अदालतका अनुसार अब आगामी दिनमा बारवाही प्रक्रिया अगाडी बढ्ने छ ।

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले भने आफूलाई मुद्दाको बारेमा कुनै आधिकारीक जानकारी नभएको बताएकी छिन् ।

केही समयअघि अभिनेत्री शाहले भुवन केसीमाथि आफूलाई दुरव्यवहार गरेको बताएकी थिईन् । उनले सामाजिक सञ्जालमा आफलाई केहीले दुरव्यवहार गरेको लेखेकी थिईन् ।

Related Articles

Back to top button
Close