News

साम्राज्ञीले मेरो बेइज्जत गरिन्, १० करोड क्षतिपूर्ति चाहिन्छ भुवन केसी

काठमाडौं, साउन ९ । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो ब्यइज्यत गरेको भन्दै १० करोड क्षतीपूर्ति माग गरेकी छिन् । अभिनेता केसीले शुक्रबार जिल्ला अदालत पुगरे साम्राज्ञीविरुद्ध गाली – बेइज्जतीको मुद्दा दर्ता गर्दै ‘१० करोड क्षतिपूर्ति माग गरेका छन् ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार अभिनेता भुवन केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्दै गाली–बेइज्जति मुद्दामा १० करोड क्षतिपूर्ति माग दाबी गरेका छन् ।

नायिका शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी दिएको करिब डेढ सातापछि न्याय खोज्दै अदालत हानिएका हुन् ।

अभिनेता भुवनले नै फिल्म् ड्रिम्सबाट डेब्यू गराएकी साम्राज्ञीले विभिन्न तीनवटा फिल्ममा काम गर्दा आँफुविरुद्ध दुब्र्यबहार भएको भन्दै सामाजिक संजालबाट नै गम्भिर प्रकृतिका आरोपहरु लगाएकी थिइन् । अभिनेत्री शाहले एक कार्यक्रमका लागि जापान पुगेको बेला अभिनेता केसीले आफूमाथि गाला जोडेर नै दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्।

Related Articles

Back to top button
Close