News

माछा मार्न भनेर गएका २० वर्षीय पशुपती नर्फकने गरी बिदा भए, तालमा भेटियो शब

काठमाडौं, ९ साउन-सिराहा, सुखिपुर नगरपालिका-३ सलम्पुर बस्ने २० वर्षीय पशुपती सहनीको पोखरीमा डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो बरियारपट्टी गाउँपालिका-५ झिझौलस्थित ठूलो पोखरीमा माछा मार्न भनेर गएका उनी फेला नपरेपछि खोजी गर्ने क्रममा सोही पोखरीमा डुबेको अवस्थामा फेला परेका उनलाई स्थानिय क्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धनुषा- नगराईन नगरपालिका-२ जटहीस्थित जटही-मर्ना सडकखण्डमा सडक बनाउने क्रममा खनेको खाल्डोमा जमेको पानीमा डुबेर ३३ वर्षीय अजित चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

हुम्ला- अदानचुली गाउँपालिका-५ करगाई बस्ने मान बहादुर रोकायको छोरा १५ वर्षीय गोरख रोकायाको बाबुसँग सिस्ने खोला जंगलमा भैसी चराउन गएको अवस्थामा खोलाले बगाई बुधबार दिउँसो मृत्यु भएको छ । घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य तथा अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close