News

रक्सि भनेर हानेको थिए आफैलाई पो’लेपछि थाहा पाएँ ए’सि’ड पो रहेछ !

काठमाडौं । तस्विरमा देखाइएका युवा काठमाडौंको नागार्जुन नगरपालिका (४, सिर्जनशील टोलमा विहिवार युवतीलाई ते’जा’ब छ्याप्ने युवक हुन् । उनलाई प्रहरीले विहिवार राती ११ वजे नै पक्राउ गरेको हो । उनीसंगै अर्का एक जना पनि पक्राउ परेका छन् । भारतीय नागरिक मुन्ना महमद सहित दुई जनालाई पक्राउ गरेको हो ।

उनले विहिवार साँझ ओखलढुंगाकी २२ वर्षीया युवतीमाथि ए’सि’ड प्र’हा’र गरेका थिए । उपचारार्थ युवती खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् । सो घटनामा संलग्न अर्का पक्राउ परेका ब्यक्ति हुन् रौतहट लक्ष्मीपुरका मोहमद आलम ।

भारतीय नागरिक मुन्नाले रौतहट लक्ष्मीपुरका मोहमद आफ्नो साहु भएको बताएका छन्। उनैले र’क्सीको बोतलमा दिएको चिज र’क्सी ठानेर युवती माथि फा’लेको बताएका छन् । आफुलाई बोतलमा भएको बस्तु ए’सि’ड हो भन्ने थाहा नभएको प्रहरी सामु वयान दिएका छन् । उनले वयानमा भनेका छन्, मलाई साहुले दियो। र’क्सीको बोतलमा दियो। छ्या’प भन्यो। म त पढेलेखेको छैन। र’क्सी होला भनेर छ्यापें। तर यसो हेर्दा यसरी पो’ल्यो। त्यसपछि मात्रै थाहा भयो, ए’सि’ड रहेछ। त्यसपछि साहुले मलाई मोटरसाइकलमा चढाएर कारखाना लगे। ’

प्रहरीले भने सो घटना सुनियोजित रहेको जनाएको छ । भारतीय युवकलाई घटनापछि भारत पठाउने योजना बनेको थियो । तर त्यो योजना पुरा नहुँदै प्रहरीले पक्राउ गरेको हो । आफुले घटना गराउँदा युवतीले चिन्ने भएकाले मोहमदले मुन्नालाई त्यसको जिम्मा सुम्पिएका थिए ।

प्रहरी अनुसन्धान अनुसार युवतीले अर्कै युवकलाई प्रेम गर्ने कुरा थाहा पाएपछि मोहमदले यस्तो काम गरेका हुन् । मोहमदले राखेको प्रेम प्रस्ताव युवतीले अस्विकार गरेका कारण घटना गराएको प्रहरी सामु उनले वयान दिएका छन् । उनीहरुबीच एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो ।

Related Articles

Back to top button
Close