News

१० करोड क्षतिपूर्ति माग गर्दै भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध दायर गरे मुद्दा

काठमाडौं, ९ साउन । निर्माता, निर्देशक एवं सदाबहार अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन् ।

अभिनेता एवं निर्देशक केसीले शुक्रबार १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अभिनेत्री शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

अभिनेता केसीको निवेदनमा आफूलाई अभिनेत्री शाहले बेइज्जत गरेको उल्लेख गरेका छन् । जानकारी अनुसार विभिन्न पत्रपत्रिका, अनलाइन र युट्यूवमा अभिनेत्री शाहले आफूलाई यौन दूव्र्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता केसीले मुद्दा दर्ता गरेका हुन् ।

विगत केही समय अघिदेखि अभिनेत्री शाहले ‘ड्रिम्स’ फिल्ममा काम गर्ने क्रममा आफू दुव्र्यवहारको शिकार हुनुपरेको बताएकी थिइन् । हालसम्म ८ वटा फिल्ममा काम गरेकीमध्ये तीन वटा फिल्ममा नराम्रो अनुभव भोग्नुपरेको अभिनेत्री शाहले बताएकी थिइन् ।

यसका साथै, अभिनेत्री शाहले आफूमाथि भएका दूव्र्यवहारका घटना बाहिर नल्याउन पटक–पटक दबाव आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर सकिदिने डरसमेत देखाइएको बताएकी थिइन्

Related Articles

Back to top button
Close