News

कारोनाका कारण गर्भवती र सुत्केरी बढी जोखिममा

प्राथमिकतामा राखेको पनि पाइएको छ । केही स्थानीय तहले त नगददेखि घिउचाकुसम्म दिँदै आएका छन् ।

तर यस महामारीमा सुत्केरी तथा गर्भवतीलाई छुट्टै व्यवस्था नगर्दा जोखिम बढेको छ । स्थानीय तहले राहतमा प्राथमिकता र आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि छुट्टै व्यवस्था नगरेको पाइएको छ ।

कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन र बन्दाबन्दीको समयमा राहत, क्वारेन्टाइन र कोरोना परीक्षणमै स्थानीय तहलगायत राज्यको ध्यान केन्द्रित हुँदा धेरै गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले गर्भवती तथा सुत्केरीका लागि नै भनेर छुट्टै व्यवस्थापन भने नगरेको बताउनुभयो । उहाँले गर्भवती, सुत्केरी एवं मिर्गौलाका बिरामीका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरेको सुनाउनुभयो ।

Related Articles

Back to top button
Close