News

बोर्डिङ स्कुलका शिक्षक तलब माग्दै सडकमा सहि कि गलत ?

बुटवल -: निजी शैक्षिक संस्थालाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐेन अनुसार सूचिकृत गर्नुपर्ने लगायतका माग गर्दै निजी विद्यालयका शिक्षक कर्मचारीहरुले बुटवलमा प्रदर्शन गरेका छन् ।

श्रम ऐन अनुसारकाे सेवा सुविधा तत्काल कार्यान्वयन गर्नुपर्ने, हालसम्म खाईपाई आएको सेवा सुविधा विनाशर्त तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग गर्दै शिक्षक कर्मचारीहरुले बुटवलको ट्राफिकचोकमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।निजी तथा संस्थागत विद्यालय शिक्षक–कर्मचारी युनियन प्रदेश ५ को आयोजनामा शिक्षक–कर्मचारीले झरीमा रुझ्दै एक घण्टा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछिको कोणसभामा युनियनका केन्द्रीय सदस्य हरिप्रसाद पौडेलले र प्रदेश ५ का अध्यक्ष लेखनाथ पौडेलले शिक्षक कर्मचारीको मेहनत र पसिनाका कारण निजी विद्यालयले मुनाफा आर्जनसँगै शैक्षिक गुणस्तर सुधार्न सफल भएपनि शिक्षक–कर्मचारीका हक अधिकारप्रति सधैं उदासीन हुने गरेको गुनासो गरे । माग पूरा नभए चरणवद्ध आन्दोलनमा जाने उनीहरुले बताए ।प्रदेश ५ मा करिब एक हजार निजी विद्यालयमा ६० हजार शिक्षक कर्मचारी कार्यरत छन् |

Related Articles

Back to top button
Close