News

कोरोनासँग डराएनन् अनुष्का र विराट, यही हो मौका भन्दै रातदिन काममा खटेर कमाए मोटो रकम

एजेन्सी । भारतमा अहिले कोरोना महामारीले उग्र रुप लिइरहेका बेला कैयौँ मानिसहरु बेरोजगार बनिरहो छन् । बेरोजगारीको असर के सर्वसाधारण के कलाकार सबैमा परेको छ । तर भारतको एक यस्तो चर्चित जोडी जो कोरोना कहरकाबिच पनि अत्यन्तै ब्यस्त बन्न पुग्यो ।

बलिउड नायिका अनुष्का शर्मा र विराट कोहलीको यो चर्चित जोडीले यो समय पनि मोटो कमाइ गरेको आजतकले लेखेको छ । भारतीय मिडियाका अनुसार अनुष्का र विराटको जोडीले २६ प्रतिशत विज्ञापनमा काम गरेर कब्जा गरेका छन् ।

विराट पत्नि अनुष्काले स्वास्थ्य सुरक्षा र साबुनको विज्ञापनमा सर्वाधिक काम गरिन् भने विराट कोहली औधी ब्यस्त बने । उनी सबै टेलिभिजन च्यानलमा प्रतिदिन १० घण्टा विज्ञापनमार्फत देखिएको बताइएको छ ।

Related Articles

Back to top button
Close