News

पर्सामा समुदाय स्तरमै थप ९ जनामा काेराेना पुष्टि, आजबाट अनिश्चितकालीन निषेधाज्ञा जारी

पर्सा, १० साउन । पर्सामा समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण फैलिएको छ । पर्साका सहायक जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार शुक्रबार राति ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा वीरगञ्‍जको बिर्ता र सखुवाप्रसौनी गाउँपालिकाका ८ जना रहेका छन् । त्यस्तैगरी रौतहटका एकजनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार स्वाब संकलन गरि वीरगञ्‍जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका उनीहरुको शुक्रबार साँझ रिपोर्ट आएको सहयक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभएको छ । उनीहरुको कन्ट्रयाक्ट सेटिङ नभएकाले झनै समस्या भएको छ ।

संक्रमित हुनेहरु बच्चादेखि बृद्धसम्मका रहेका छन् । उनीहरुले कोरोना शंका लागेपछि स्वइच्छाले परीक्षण गरेको बताइएको छ । पर्सा जिल्ला कोरोना भाइरस संक्रमणका उच्च जोखिममा रहेको जिल्ला हो । पर्सामा भारतसँग सिमाना जोजिएकाले प्रत्यक्ष रुपमा नेपाल भारतका नागरिक आवतजवत गर्ने गर्दछन् ।

पर्सामा मात्रै हालसम्म ५ को कोरोना भाइरस संक्रमणका कारण ज्यान गइसकेको छ । चार जनाको आइसियुमा राखेर उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । बिहीबार राति मात्रै पाँच जना थुनुवासहित जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

लकडाउन खुलेसँगै बजार पसल खुलेर भिडभाड हुँदा कोरोनाले वीरगञ्जको स्थिती भयावह भएको सरोकारवालाहरुको भनाइ छ । शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ल अधिकारी बस्नेतले बताउनुभयो ।

Related Articles

Back to top button
Close