News

म्याद नाघेको पानी बेचेपछि भाटभटेनीलाई ३ लाख जरिवाना

काठमाडौं- म्याद नाघेको पिउने पानी बिक्री गरेको भन्दै भाटभेटेनी सुपर मार्केटलाई वाणिज्य विभागले तीन लाख जरीवाना गरेको छ ।

भाटभटेनीको हनुमानस्थान शाखालाई म्याद नाघेको पानि बिक्री गरेको कशुरमा जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) बमोजिम ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

म्याद सकिएको बेली नामको पानी बिक्री गरिएको पाइएपछि जरिवाना गरिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए ।

Related Articles

Back to top button
Close