News

सयाैँ वर्षपछि श्रावण महिनामा अद्भुत’ संयोग, ४ राशिलाई हुनेछ फाइदा !

नेपाली पञ्चाङ्गअनुसार साउन चौथो महिना हो । शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ ।

साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ ।श्रावण शब्द श्रवणबाट बनेको हो जसको अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु । सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुति पनि भनिन्छ । श्रुतिको अर्थ नै त्यस्तो ज्ञान हो जुन ईश्वरबाट सुनेर ऋषिहरूले आम मानिसलाई सुनाए ।

त्यसैले श्रावण अर्थात् साउन महिनालाई पवित्र मानिएको हो ।श्रवण नक्षत्र तथा सोमवारलाई भगवान् शिवको पि्रय महिना मानिन्छ । त्यसैले यो महिनामा शिवलाई खुसी पार्न विशेष धार्मिक अनुष्ठान एवं रुद्राभिषेकका साथै सोमवारका दिन व्रत बस्ने गरिन्छ ।साउन महिनाका सबै दिन उत्तिकै पवित्र हुने भए पनि सोमबारलाई अझ विशेष मान्ने चलन छ । यसबाहेक साउनमा नागपञ्चमी, मंगलचौथी, घण्टाकर्ण चतुर्दशी, जनैपूणिर्मा, गाईजात्रा आदि पर्व पर्छन् ।

५ सय ५८ वर्षपछि श्रावण महिनामा यस्तो संयोग- ज्योतिषहरुका अनुसार सयौ वर्षपछि श्रावणमा अद्भु’त संयोग बनेको छ । श्रावण महिनामा ५ सय ५८ वर्षपछि ४ वटा ग्रहको वक्र योग परेको छ । श्रावण महिनामा योपटक गुरु, शनि, राहु तथा केतुको बक्र परेको छ । अर्थात यी ग्रहहरुको चाल उल्टो हुनेछ ।

सिंह र कुम्भ राशि भएकाहरुलाई यो संयोग सबैभन्दा शुभ रहनेछ । ५ सय ५८ वर्ष पहिला अर्था १४६२ मा यस्तै संयोग बनेको थियो । यसको प्रभाव श्रावण महिनाभरी रहने छ । ज्योतिषाचार्य पण्डित मनिष शर्माका अनुसार गुरु, शनि, राहु तथा केतु चार ग्रह एक साथ बक्र रहेछन् ।

५५८ वर्ष पहिला पनि गुरु शनि राहु केतु एक साथ श्रावण महिनामा आएका थिए । त्यस समय गुरु स्वयंको राशि धनुमा व क्र, शनि आफ्नो राशि मकरमा व क्र, राहुन मिथुनमा र केतु धनू राशीमा ब क्र भएको थियो ।

४ ग्रहको ब’क्र योगले राशिमा प्रभाव

मेष : श्रावणको महिनामा मेष राशि भएकाहरुको साहस र पराक्रम बढ्नेछ । सम्पर्क र सामाजिकता राम्रो हुनछ । घर परिवारमा सुख शान्ती र सहजता हुनेछ । भवन, वाहनको अभिलाषा बढ्नेछ ।

वृष : वृष राशिका लागि पनि श्रावण महिना राम्रो हुनेछ । यो पटक चार वटा सफलता तर्फ वृष राशि भएकाहरु उन्मुख हुनेछन् ।राम्रो आयोजनामा प्रमुखताका साथ सहभागीता, धर्म संस्कार र अनुसन्धानमा सफता । महिनाको सुरुवातामा नयाँ साधनमा ध्यान जानेछ । वाणी व्यवहारको प्रभाव बढ्नेछ ।

मिथुन : श्रावण महिना केही नयाँ उपलव्धि आर्जित गर्न सहायक हुनेछ । स्वास्थ्यलाई भने ध्यानमा राख्नुपर्नेछ । नियमअनुशासन अपनाउँदा फाइदा पुग्छ । सक्रियताको लाभ हुनेछ । प्रशासनिक काममा सपफता मिल्छ । बोल्नु भन्दा धेरै काम गरेर देखाउनुहोस् । महिनाको शुरुवातमा मेहनतको बलमा अअपेक्षित सफलता हात पर्ने छ ।

कर्कट : यो राशि भएकाहरुलाई श्रावण महिना उत्तरोत्तर शुभकारक छ । मेहनत लगन तथा दूरदर्शी लागानीले अपेक्षित परिणाम दिनेछ । यी राशि भएकाले यो महिना सक्रियता बढाउनेछन् भने अनुशासनमा जोड दिनेछन् । महिनाको सुरुवातमा खर्च वृद्धि हुनेछ । चा’प्लुसी गर्नेहरुबाट सर्तक हनु होला । उत्तरार्धमा आर्थिक रुपमा सफता प्राप्त हुनेछ ।

सिंह : श्रावण महिनामा तपाइएको आर्थिक गतिविधी बढ्नेछ । क्षमता प्रदर्शनको अवसर प्राप्त हुने छ । साथीहरुको साथले काम बन्ने छ । प्रेम सम्बन्ध प्रगाढ बन्ने छ । पूर्वार्धमा करियर, जागिर र कारोबारमा तपाईले विशेष ध्यान दिनुहुनेछ भने लाभको प्रतिफल उच्च हुनेछ ।

कन्या : श्रावणमा कार्यक्षेत्रमा नयाँ संभावनालाई बल दिने सम्भावना छ । पदोन्नती एवं सकारात्मक परिवर्तन सम्भव देखिएको छ ।
प्रशासनिक समस्या समाधान हुनेछन् । सम्पत्ति सम्बन्धी कार्य पक्षमा हुनेछन् ।

तुला : धर्म मनोरञ्जनमा रुची बढ्ननेछन् । सानो प्रयासमा पनि काम बन्ने छ । अवसरहरु आउनेछन् तर त्यसलाई ध्यान दिन जरुरी छ । यो महिनामा थप अनुशासन र समयको व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

वृश्चिक : परीक्षामा सफलता प्राप्त हुने योग छ । अनुशासन तथा आत्मनियन्त्रणका साथ अघि बढ्न जरुरी छ । यो समयमा तपाईले मुस्किल लाग्ने कामलाई पनि सहजता पाउनुहुनुनेछ । तर विनम्रता र काममा निरन्तरतामा कमी आउनेछ त्यसलाई विशेष ध्यान दिन जरुरी छ ।

धनु : यो महिना घरपरिवारसँग सामिप्यता बढ्नेछ । साथीको भनाइलाई महत्व दिनुपर्ने देखिएको छ । दाम्पत्यमा पारदर्शिता तथा प्रेम बढ्नेछ । कुनै पनि कामका लागि राम्रो प्रस्ताव प्राप्त हुने सम्भावना रहेको छ । पूर्वार्धमा करियर कारोबारमा व्यस्तताले सम्झौताका लागि प्रेरित गर्नेछ । उत्तरार्धमा गरिमा, गो’पनीयतालाई ध्यान राख्नुपर्ने देखिएको छ । स्वास्थ्य प्रभावित बन्न सक्छ ।

मकर : निजी जीवनमा सुख बढ्नेछ । संघर्षमा सफलता मिल्नेछ । नयाँ सम्भावनालाई बल दिनेछ । व्यक्तिगत समस्या समाधान हुन । तपाईलाई लाभ हुनेछ । मेहनत था लगनबाट स्वयंका लागि उचित अवसर निर्माण गर्न सक्छ ।

कुम्भ : सम्बन्धमा मधुरता प्राप्त हुनेछ । यो महिना साहस सक्रियता थत सटीकता बढाउने छ । परीक्षामा सफलता, साथीहरुको सहयोग मिल्नेछ । भ्रमण र मनोरञ्जनको योछ । काम व्यवसायमा केही मात्रामा सफता हुनेछ । पूर्वार्धमा सन्तानको शुभ समाचार आउनेछ । स्वास्थ्य भने केही प्रतिकुल हुनेछ ।

मीन : शिक्षा प्रेम तथा सन्तान पक्ष राम्रो रहेको छ । तर घरेलु समस्यामा बादवि’वादमा वा बहसमा उत्रनुबाट बच्नुहोस् । अप्त्याशित असहजताबाट बच्नका लागि अनुशासनमा जोड दिन आवश्यक छ ।

Related Articles

Back to top button
Close